चीनमा जंगली जनावरको मासु उत्पादनमा पूर्ण प्रतिबन्ध : ८५ खर्बको कारोबार रोकिँदा लाखौं बेरोजगार

खर्बाैको व्यापार हुँदै आएको जंगली जनावरको व्यापार र मासुको उत्पादनमा चीनले प्रतिबन्ध लगाएको छ।

चीनमा जंगली जनावरको मासु व्यापार करिब ८५ खर्ब १० अर्ब भन्दा बढीको छ। र, त्यो उद्योगमा लाखौं मानिसको रोजगारी पनि जोडिएको छ।

FILE PHOTO: A man holds a pangolin at a wild animal rescue center in Cuc Phuong, outside Hanoi, Vietnam September 12, 2016. REUTERS/Kham/File Photo

चीनको उहानबाट कोभिड–१९को संक्रमण फैलिएपछि जंगल जनावरको व्यापार र यसको मासु सेवनका कारण जनस्वास्थ्यमा पर्ने असरलाई ध्यानाकृष्ट गरेको थियो।

चीनियाँ जनसंसदको स्थायी कमिटीले चीनमा जंगली जनावर र त्यसको व्यापारमा प्रतिवन्ध लगाउने घोषणा गरेको हो।

२७ सयभनदा बढी मानिसको ज्यान लिइसकेको ‘प्राणघातक’ कोरोना भाइरस कुनै न कुनै रुपमा जनावरहरुसँगै जोडिएको बैज्ञानिकको निष्कर्ष छ।

जनस्वास्थ्यका लागि ‘फास्ट ट्रयाक’ रुपमा लिइएको यो निर्णय तत्कालैदेखि लागु हुने चिनियाँ जनसंसदले जनाएको छ।

१७ वर्षअघि चीनसहित विश्वभरि फैलिएको सार्स भाइरसका कारण ८ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो। त्यो भाइरस पनि कोरोनाकै एक समूह हो। जो बिरालो प्रजातिको जंगली जनावरबाट मानिसमा सरेको थियो।

विश्व स्वास्थ्य संगठनकाअनुसार ५० वर्षयता करिब ७० प्रतिशत कोरोना भाइरस जंगली जनाबरबाटै मानिसमा सरेको देखिएको छ।

पर्यावरण संरक्षणकर्मी तथा जनावर अधिकारकर्मीहरुले यो प्रतिवन्धको स्वागत गरेका छन्।

यो निर्णयले आम जनस्वास्थ्य, वतावरण र जनावरको हितलाई समेत सकारात्मक प्रभाव पर्ने भन्दै उनीहरुले त्यस्ता व्यापारिक फर्महरुलाई आर्थिक सहयता गर्न सरकारलाई आग्रहसमेत गरेका छन्।

वातावरणीय कानुन कार्यालयका उपनिर्देशक याङ केक्वीङ भन्छन् ‘यसले कानुनीरुपमै जनावरको व्यापारमा प्रतिवन्ध लगाइएको छ। यसले जनावरको शिकार, व्यापार र मासुको ओसारपसारमा पनि बन्देज हुनेछ।’

bats indonesia wet market 2020

उनका अनुसार जलीय जीवको शिकार, जिउँदो सामुद्रिक जीवको व्यापार र त्यसको प्रयोगमा पनि केही कडा कानुनको आवश्यकता छ।

‘र, निर्णायक रुपमा हामीले जंगली जनावरको व्यापार तिनको मासु खान पूर्णरुपमा प्रतिवन्ध लगाएका छौं’ वातावरण संरक्षण समूहका एक सदस्य जोउ हाईस्याङ भन्छन् ‘यो जंगली जनावर संरक्षणका लागि यो एउटा महत्वपूर्ण कदम हो।’

चीनमा १९८९मै जंगली जनावरको संरक्षण कानुन प्रचलनमा आइसकेको थियो। तर, त्यो कानुनले केही सिमित प्रजातिहरुको मात्रै संरक्षण गर्दथ्यो।

पछि त्यसलाई झनै कमजोर बनाइयो, किनकि जनावरको व्यापार मासु खानका लागि मात्रै होइन, उनीहरुको हाड, छाला अन्य उद्योग र व्यापारमा पनि प्रयोग हुनथाल्यो।

जनावरजन्य रौं तथा छाला उद्योगमा अहिले ६७ लाख मानिस काम गर्छन्। यी उद्योगहरुको वार्षिक कारोबार ३ खर्ब ९० अर्ब यूआन छ। त्यस्तै ६२ लाख मानिस जनावरको फर्ममा काम गर्छन्।
अब सरकारले जंगली जनावरको व्यापार र मासु खान प्रतिवन्ध लगाएपछि यी करोडौं मानिस बेरोजगार हुनेछन्। सिन्हवा


ताजा खबर