‘साहित्य समसामयिक समाजको ऐना हो’ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यले समाजका विकृति एवं बिसङ्गितीलाई औल्याउदै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने भएकाले अअसल साहित्य सिर्जनामा साहित्यकारहरू क्रियाशील रहनु पर्ने बताउनु भएको छ ।

आज धनगढीमा एक समारोहका बीच बिश्व नेपाली साहित्य महोत्सवको समुद्घाटन गर्नुहुदँै राष्ट्रपति भण्डारीले यस महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाली कला, संगीत, भाषा, साहित्यले देश भित्र बिभिन्न सम्प्रदायलाई एकतामा र मानवजातीलाई जोड्न साघुका रुपमा काम गर्ने बताउनुभयो ।

हामी समृद्ध नेपाल, सुखी नेपाली ः निर्माणको महाअभियानमा जुटीरहेका छौ भन्नुहुदैँ राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेश प्राकृतिक सम्पदाले सुन्दर र समृद्ध भएकाले बिकासको साझा राष्टिय आकांक्षा साकार तुल्याउन यस प्रदेशले महत्पूर्ण योगदान पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो ।

उहाँले साहित्य र समाजका बीच अयोन्याशिस सम्बन्ध रहेको उल्लेख गर्नुहुदैँ राष्टिय एकतालाई प्रर्वद्धन गर्न महत्वपूर्ण माध्यम भएको नेपाली साहित्य र भाषाको प्रवद्र्धनमा राष्ट्रले सक्दो सहयोग पु¥याउनु पर्दछ भन्नुभयो ।

सुदूरपश्चिम प्रदेश कला, संस्कृति, भाषा साहित्यका लागि उर्वर भूमी भएको चर्चा गर्नुहुदँै राष्ट्रपति भण्डारीले शैक्षिक संस्था, प्राज्ञिक केन्द्र, बिश्वविद्यालयले साहित्य र भाषाको प्रर्वद्धन गर्न मदत पु¥याउने भएकाले यस क्षेत्रका सम्पूर्ण शैक्षिक केन्द्रको सुदृढीकरण गर्नु पर्नेमा जोड दिनुभयो ।

उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सासंद नारदमुनी राना, पूर्वमन्त्री एनपी साउद, धनगढी उपमहानगरपालिका प्रमुख नृप, शताब्दी पुरुष सत्यमोहन जोशीले शुभकामना मनतव्य राख्नु भएको थियो।

सो अवसरमा प्रदेशवासीका तर्फबाट राष्ट्रपति भण्डारीको अभिनन्दन गरिएको छ । यसैबीच राष्ट्रपति भण्डारीले सम्मानित ब्यक्तित्व शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मानपत्र, दोसल्ला र नगद एक लाख ११ हजार प्रदान गर्नुभयो ।

2020-02-26-9318

यसैगरी बिभिन्न क्षेत्रमा योगदान पु¥याउने पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, बरिष्ट साहित्यकार डा.मोदनाथ प्रश्रित, साहित्यकार आरडीप्रसाद चटौत, बद्रीताथ भण्डारी, तुलसीराम जोशी, मदन कुवरलाई सम्मानित गरिएको थियो ।

उद्घाटन समारोहमा यस क्षेत्रको कला संस्कृति, भेषभुषा झल्कने झाकी प्रस्तुत गरिएको थियो ।

आजदेखि शुरु भएको महोत्सव फागुन २० गतेसम्म चल्ने छ । महोत्सवमा देश र विदेशका गरी पाँच सय जनाको सहभागिता रहेको बिश्व नेपाली साहित्य महोत्सव मुूल आयोजक समारोह समितिका संयोजक यज्ञराज उपाध्यायले जानकारी दिनुभयो । रासस


ताजा खबर