उपरथी हमाल बने संयुक्त राष्ट्रस‌ंघको ‘अनडोफ’ फोर्स कमाण्डर

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सिरिया र इजरायलको सीमा गोलानहाइट क्षेत्रमा तैनाथ शान्ति मिसन (अनडोफ)को फोर्स कमाण्डरको जिम्मेवारी नेपाललाई प्राप्त भएको छ ।

त्यहाँ तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति पर्यवेक्षण सैनिक कमाण्डर (युएन डिस्इङ्गेजमेन्ट अब्र्जभेशन फोर्स) मा संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई छनोट गरेको प्रधानसेनापति पूर्णचन्द्र थापाले  काठमाडौंमा आयोजित एक कार्यक्रममा जानकारी दिनुभयो ।

फोर्स कमाण्डरको हैसियत संयुक्त राष्ट्रसङ्घको सहायक उपमहासचिव सरह मानिन्छ । गोलानहाइटमा यसअघि पूर्वरथी बालानन्द शर्मा र हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएको थियो । रासस


ताजा खबर