नेपाली सेनाको स्वागत तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यामा नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गीअड्डामा आइतबार साँझ आयोजित स्वागत तथा सांस्कृतिक कार्यक्रममा सरिक हुनुभएको छ  ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली,  सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत उपस्थित हुनुहुन्थ्यो ।

संवैधानिक निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकृत, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको पनि समारोहमा उपस्थिति थियो । रासस


ताजा खबर