बी डिभिजन लिग सुरु : उद्घाटन खेलमा बोइज यूनियनको जित

सहिद स्मारक बी डिभिजन लिग काठमाडौंमा सुरु भएको छ । लिगको उद्घाटन खेलमा बोइज यूनियन क्लबले श्रीकुमारी क्लबलाई हराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा बोइज यूनियनले श्रीकुमारीमाथि २–० को सहज जित हात पारेको छ । बोइज यूनियनको जितमा वर्तमान राई र प्रदीप बोगटिले एक एक गोल गर्नुभयो । वर्तमानले पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्नुहुँदै बोइज यूनियनलाई १–० को अग्रता दिलाउनुभयो । दोस्रो हाफको ७६ औं मिनेटमा प्रदीपले अग्रतालाई दोब्बर पार्नुहुँदै बोइज यूनियनको श्रीकुमारीमाथि २–० को जित सुनिश्चित गर्नुभयो ।

लिग अन्तगर्त आइतबार नै हुने दोस्रो खेलमा श्री भगवती क्लबले बाँसबारी क्लबको सामना गर्दैछ । १२ टोली सहभागी बी डिभिजन लिगमा कुल ६६ वटा स्पर्धा हुनेछन् । लिगको विजेता टोली ए डिभिजनमा बढुवा हुनेछ । चैत्त २३ गते डिभिजनको अन्तिम खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।  सफल नेपाल


ताजा खबर