मन्त्री खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएको छ ।

मन्त्रालमा आइतबार पदभार ग्रहण गर्नुहुँदै मन्त्री खतिवडाले सरकारको संलग्नता रहेका सञ्चारमाध्यामहरु प्रतिस्पर्धी बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गौरवपूर्ण इतिहास बोकेका सरकारी सञ्चार माध्यमहरुले अब नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न गुणस्तरीयता र सार्वजनिक जवाफदेहिताको पाटोलाई सँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिनुभएपछि अर्थमन्त्री खतिवडाले सञ्चार मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएको छ ।

मन्त्री खतिवडाले समृद्धिका लागि सचेत नागरिक आवश्यक हुने भएकोले सञ्चार र सूचना प्रविधिको क्षेत्रमा आम जनताको सहज पहुँच आवश्यक पर्ने बताउनुभयो ।

उहाँले सरकारका राम्रा र नराम्रा पक्षलाई सही रुपमा जनता समक्ष सम्प्रेषण गरी सुखि नेपाली र समृद्ध नेपालको अभियानमा सहयोग पु¥याउन सञ्चारमाध्यामहरुलाई आग्रह गर्नुभयो । रासस


ताजा खबर