स्कटिस जर्ज मुन्सीले पोखरा राइनोजबाट इपिएल खेल्ने

स्कटल्याण्डका देब्रे हातका ओपनर ब्याट्सम्यान जर्ज मुन्सी एभरेष्ट प्रिमियर लिग खेल्ने हुनुभएको छ । उहाँलाई लिगमा पोखरा राइनोजले अनुबन्धन गरेको हो ।

पोखरा राइनोजको आधिकारिक वेबसाइटमा प्रिमियर लिग टी ट्वान्टीका लागि मुन्सीलाई अनुबन्धन गरिएको उल्लेख गरिएको छ । मुन्सी अघि पोखरा राइनोजले वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल र तिब्र गतिका बलर केस्रि विलियम्सलाई अनुबन्धन गरिसकेको छ । मुन्सी पोखराका लागि खेल्नुहुने तेस्रो विदेशी खेलाडी हुनुहुन्छ ।

सन् २०१९ मा नेदरल्याण्ड्स विरुद्ध बनाउनुभएको १२७ रनको योगफल टी ट्वान्टी अन्तर्राष्ट्रियमा उहाँको सर्वाधिक ब्यक्तिगत् योगफल हो ।

मुन्सीले २५ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा ५६२ रन बनाउनुभएको छ । टी ट्वान्टी अन्तर्राष्ट्रियको ३८ खेलमा उहाँले ९८७ रन बनाउनुभएको छ । १८ जुन २०१५ मा मुन्सीलाई पहिलोपटक आयरल्याण्ड विरुद्धको श्रृखंलाका लागि स्कटल्याण्ड टोलीमा बोलाइएको थियो । रासस


ताजा खबर