टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारी ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । परम्पराअनुसार, बुधबार टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७६  मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, मन्त्री, सुरक्षा प्रमुखलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो ।

 

Image result for टुँडिखेलको प्रजातन्त्र दिवस

Image result for टुँडिखेलको प्रजातन्त्र दिवस

Image result for टुँडिखेलको प्रजातन्त्र दिवस

Image result for टुँडिखेलको प्रजातन्त्र दिवस

तस्बिर :रासस


ताजा खबर