मच्छिन्द्रलाई एशियाली फुटबल संघको बधाई

एशियाली फुटबल संघ(एएफसी)ले ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र एफसीलाई बधाई दिएको छ । एएफसीले एशियाली फुटबल संघले आयोजना गर्दै आएको क्लब प्रतियोगितामा मच्छिन्द्रलाई स्वागत गर्न आतुर रहेको जनाएको छ ।

एएफसीका महासचिब डाटो विन्सर जोनले मङ्गलबार अखिल नेपाल फुटबल संघ(एन्फा)लाई बधाई पत्र पठाउँदै मच्छिन्द्रलाई बधाई दिनुका साथै ए डिभिजन लिगको सफलतापूर्वक सम्पन्न गरेकोमा एन्फालाई धन्यवाद ज्ञापन गरेको छ । उसले ए डिभिजन लिगको सफलतापूर्वक सम्पन्न हुँदा एशियामा क्लब फुटबलको विकासमा योगदान पुग्ने जनाएको छ ।

लिग डिभिजनको २०१९/२०२० को संस्करणमा आ आफ्नो स्थानबाट योगदान दिनुहुने खेल अधिकारी, क्लब प्रतिनिधि र खेलाडीको एकाग्रता र प्रतिबद्धताको एएफसीले प्रशंसा गरेको छ । गत् शनिबार सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मीलाई पराजित गर्दै मच्छिन्द्र क्लब पहिलोपटक ए डिभिजन लिगको च्याम्पियन बनेको हो । रासस


ताजा खबर