प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाको शुभकामना संदेश

७० औं प्रजातन्त्र दिवस अवसरमा पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले  शुभकामना सन्देश दिनुभएको छ ।

सन्देशको पूर्णपाठ:

नेपाली दिदीबहिनी तथा दाजुभाइहरु आज हामी ७० वर्षको लामो इतिहासको सम्झना गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहेका छाैं।यस अवसरमा हामी हाम्रा जिजुबुवा प्रजातन्त्र दाता राष्ट्रपिता श्री ५ त्रिभुवन सहित प्रजातन्त्रका निम्ति त्याग,उत्सर्ग र याेग्दान गर्ने सबैकाे स्मरण गर्न चाहन्छाैं। “प्रजातन्त्र” शब्दमा हाेइन कर्ममा उत्रनु पर्दछ,रुपमा हाेइन सारमा झल्कनु पर्दछ।प्रजातन्त्र कुनै अलंकार,नामान्तर वा रुपान्तरण मात्र हाेइन। त्याे जीवन पद्दति र व्यवहारमा देखिनु पर्दछ।राष्ट्रकाे प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाकाे परिपुर्ति नै प्रजातान्त्रकाे प्राण हाे।
हामी देश दर्शन र विभिन्न वैदेशिक भ्रमणमा जब जान्छौं त्याहाँ प्रायः सुन्ने, बुझ्ने गर्दछौं नेपालकाे प्रजातन्त्र जनजीवनकाे उत्थानमा,उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन।केही टाठाबाठाका निमित्त मात्र हाेइन,केही काे आर्थिक स्वार्थका लागि मात्र हाेइन- प्रजातान्त्र सबै जनता तथा सिङ्गो देशका निम्ति प्रतिफलकारी हुनुपर्दछ।त्यसैले हामी चाहन्छाैं, यिनै विषयका निम्ति सबै जिम्मेवार सचेष्ट हाेऊन् अनि हाम्रो भाैगाेलिक,सामाजिक,सांस्कारिक र माैलिक मान्यतालाई बुझेर अगि बढून्।यस अवसरमा हामी भन्दछाैं हामीले हाम्रो इतिहास नभुलाैं,वर्तमानलाई नबिर्साैं र भविष्यकाे काेरा सपना मात्र बाँडेर समय खेर नफाली सर्वहितकारी “प्रजातान्त्रिक धर्म” काे निर्वाह गराैं।

श्री पशुपतिनाथले हामी सबैकाे कल्याण गरून्।।
।।जय नेपाल।।
“२०७६ फाल्गुन ७ गते”


ताजा खबर