कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले नेपालमै हुने

हरेक साता कानितपुर टेलिभिजनबाट प्रसारण हुने कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को शीर्ष चारमा सुनसरीका सुमन कोइराला, विष्णुप्रसाद गौडेल, हिमेश पन्त र खड्गबहादुर पुनमगर छन् । सुरुसुरुमा स्ट्यान्डअप कमेडी मात्रै भनेर आलोचना हुँदै आएको शोमा सुनसरीका सुमन कोइरालाको ‘दले दाइ’ को प्रस्तुति र सुमन कार्कीको ‘नेताको भाषण’ ले एकाएक चर्चाको चुलीमा लगेको थियो ।

यिनै चारमध्ये एकजना कमेडी च्याम्पियन हुनेछ । अहिलेसम्मको प्रस्तुति हेर्दा सबै एक से एक छन् । भोटिङका आधारमा विजयी हुने भएकाले कसले जित्छ भन्न सकिन्न । कमेडी च्याम्पियनको ग्रान्ड फिनाले नेपालमै हुनेछ । – सफल नेपाल


ताजा खबर