सुनको मूल्यमा नयाँ कीर्तिमान : तोलाको ७६ हजार ७ सय

सुनको मूल्यमा कीर्तिमान कायम भएको छ । मंगलबार सुन प्रतितोला ७६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको रेकर्ड ७६ हजार पाँच सय रुपैयाँ थियो ।

छापावल सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार हुँदै आएको एक दिनमै दुई सयले बढेर ७६ हजार ७ सय पुगेको हो। सुनचाँदी व्यवसायीहरू सुनको मूल्य बढ्नुमा कोरोनाभाइरसको कारण पनि रहेको बताउँछन् ।

मंगलबार तेजाबी सुन प्रतितोला ७६ हजार चार सय र चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ । -सफल नेपाल


ताजा खबर