डिजिटल नेपाल बनाउने महाभियानमा छौँ : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताउनुभएको छ । उहाँले धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै उहाँले डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “डिजिटल नेपालका लागि विकास र सेवाका हरेक क्षेत्रमा आधुनिक प्रविधि कार्यान्वयन गर्दै अघि बढिरहेका छौँ, फोरजी सेवा पनि सबै जिल्लामा पुगिसक्यो । हरेक दिन हामी युगान्तकारी काम गरिरहेका छौँ, देश आधुनिकता, विकास, सामाजिक न्याय–समानता र समृद्धितर्फ अघि बढिरहेको छ”, उहाँले भन्नुभयो । सफल नेपाल

 

 


ताजा खबर