काठमाडौं जिल्ला अदालतको फैसला : सफाइ पाएपछि जेलबाट छुटे महरा

जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो ।

2020-02-17-8836

जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरा माथि लागेको अभियोग दावी नपुग्ने ठहर गरेको छ ।
सोही आधारमा उहाँलाई सफाइ दिएको सर्वोच्च अदालतको वेभसाइटमा जिल्ला अदालतको दैनिक पेशी महलमा उल्लेख छ ।

यस्तै फैसला बारे कुरा गर्दै जिल्ला अदालत काठमाडौंका प्रवत्ता आनन्दकुमार श्रेष्ठले प्रतिवादी महराले अदालमा दिएको इन्कारी वयान र पीडित महिलाले अनुसन्धानका क्रममा दिएको वयान तथा अदालतमा गरेको बकपत्रमा उल्लेखित कुरा मिल्न गएकाले उहाँलाई सफाइ दिने ठहर भएको बताउनुभयो ।

बयानका क्रममा प्रतिवादी महराले आफू निजको घरमा जाँदै नगएको भन्ने व्यहराको इन्कारी बयान दिएको र पीडित भनिएकी महिलाले पनि निज महरा उक्त घटना भएको भनिएको दिन आफ्नो घरमा नआएको बकपत्र गरेको विषयलाई मुख्य आधार मानेको छ । -रासस


ताजा खबर