चिनियाँ राष्ट्रपतिले भने ‘हाम्रा स्वास्थ्य प्रणाली निकै कमजोर रहेछ, अब कडा कानुन बनाऔं’

चिनियाँ राष्ट्रपति सी चीनफिङले स्वास्थ्य क्षेत्रको आपतकालिन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने बताएका छन्।

‘अहिले पूरै चीन र सारा चिनियाँ कोरोनासँग जुधिरहेका छन्। यसले एकातिर प्राणघातक भइरहेको छ भने अर्काेतिर चिनियाँ अर्थतन्त्रलाई पनि ठूलो धक्का दिएको छ’ चिनियाँ कम्यूनिष्ट पार्टीको उच्च नेताहरुको एक बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति सीले भने ‘महामारीलाई सम्बोधन गर्ने सम्पूर्ण चिनियाँ कानुन र नियमहरुलाई अझैं कडा बनाउनुपर्ने आवश्यक भएको छ र, त्यसको समिक्षा गर्ने बेला भएको छ।’

उनले आम जनावर तथा पशुपंक्षीको संरक्षणको कडा कानुन बनाउनुपर्ने पनि आवश्यकता औंल्याए।

‘भाइरस विरुद्धको यो लडाई हाम्रो राष्ट्रिय शासन प्रणाली र क्षमताको पनि परीक्षा हो’ सीले भने ‘र, हामीलाई लागिरहेको छ कि, हामी यो प्रणालीमा फेल भएका छौं। त्यसैले अब सम्पूर्ण कानुनहरु परिवर्तन गर्नुपर्ने बेला भएको छ।’

गत डिसेम्बरमा पहिलोपटक चीनको उहानमा देखिएको कोरोना भाइरस
(कोभिड–१९)ले १ हजार ५ सय २६ जना मानिसको ज्यान लिइसकेको छ।

यीमध्ये तीन जना संक्रमितको चीन बाहिर मृत्यु भएको छ भने अरु सबैजनाको उहानलगायत अन्य चिनियाँ प्रान्तमा मृत्यु भएको छ।

त्यस्तै अहिलेसम्म ६७ हजार १सय मानिस यो भाइरसबाट संक्रमित भएका छन्।

‘भाइरस विरुद्धको यो लडाई हाम्रो राष्ट्रिय शासन प्रणाली र क्षमताको पनि परीक्षा हो’ सीले भने ‘र, हामीलाई लागिरहेको छ कि, हामी यो प्रणालीमा फेल भएका छौं। त्यसैले अब सम्पूर्ण कानुनहरु परिवर्तन गर्नुपर्ने बेला भएको छ।’

चीनमा मात्रै होइन विश्वका धेरै देशमा यसको संक्रमण देखिइसकेको छ।
शुक्रबार मात्रै अफ्रिकी मुलुक इजिप्टमा पनि एक जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अफ्रिकी देशमा यो पहिलो केश हो।

चीन सरकारले बिदा मनाएर बेइजिङ फर्किएकाहरुलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ।

चिनियाँ नयाँ वर्षका बेला नागरिक घुम्न निस्किएका थिए। उहानमा कोरोना भाइरसको संक्रमण एकाएक तीव्र भएपछि नयाँ वर्षकै दिनमा उहान सहर ‘लक–डाउन’ भएको थियो।

नयाँ वर्षको विदा सकिएर मानिस फर्किने बेला भएपछि सरकारले उनीहरुलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको हो।

चीन फर्किएकाहरु अब सोझैं घरमा जान पाउने छैनन्। सरकारले स्थापना गरेको क्वारेन्टाइनमा १४ दिन बिताइसकेपछि मात्रै उनीहरुको स्वास्थ्य स्थितिको आधारमा घर पठाईने सरकारले जनाएको छ। -सिजिटिएन


ताजा खबर