फुड फर लाइफ नेपाललाई कुमारी बैंकको सहयोग

कुमारी बैंक लिमिटेडले फुड फर लाइफ नेपाललाई सहयोग गरेको छ । बैंकले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजनको व्यवस्थापन गर्दै आएको संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले फुड फर लाइफ नेपालकी अपरेसन प्रमुख अपरा थापा भट्टराईलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्न जाने नकारात्मक असरलाई कम गर्नेे उद्देश्यले सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकले देशभरमा १ सय २६ शाखा, १ सय १७ एटिएम, ६ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ एकाइमार्फत आफ्ना ग्राहकवर्गलाई सेवा दिँदै आएको जनाएको छ । -सफल नेपाल, काठमाडौं


ताजा खबर