पाँचसय नेपाली विद्यार्थीले पाए ‘पाकिस्तानी राजदूत’ छात्रवृत्ति

पाँच सय नेपाली विद्यार्थीले पाकिस्तानी राजदूत छात्रवृत्ति प्राप्त गरेका छन्।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा दशजोड दुई अध्ययन गरिरहेका ५०० विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप’ प्रदान गरेका हुन् ।

पाकिस्तानी राजदूतावासले सन् २०१३ देखि हरेक वर्ष जेहेनदार विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति प्रदान गर्दै आएको छ।

पाँचसय विद्यार्थीले पाए ‘पाकिस्तानी राजदूत’ छात्रवृत्ति

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जेहेनदार छात्रछात्रलाई जनही रु. १० हजार वितरण गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपालको शैक्षिक विकासमा पाकिस्तानले निरन्तर सहयोग गर्दै आएकामा सराहना गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले नेपालको विकासका संवाहक युवा वर्ग भएका र तिनलाई शैक्षिक रुपमा सबल बनाउन आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राजदूत जाबेदले छात्रवृत्तिको संख्या बढाइने पनि बताए। -सफल नेपाल, काठमाडौं 


ताजा खबर