सरकार दुई वर्ष : प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा आज शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुशार शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । वि.स. २०७४ साल फागुन ३ गते केपी ओली संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए ।

तत्कालिन एमालेका अध्यक्ष रहेका ओली तत्कालिन माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका थिए । सत्ता साझेदारीपछि एमाले र माओवादीबीच पार्टी एकिकरण भएको थियो । दुई तिहाइ समर्थनसहित गठन भएको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

संघीय संसदका बहालवाला राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि हिजोका लागि तय गरिएको सम्बोधन स्थगित गरिएको थियो । –सफल नेपाल

ताजा खबर