प्रधानमन्त्रीले आज प्रतिनिधि सभामा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्नुहुने भएको छ । सरकारका दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गर्नुभएको हो ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने जानकारी दिनुभयो । वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । -रासस

 

 


ताजा खबर