मेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधी बर्दिवासलाई

महोत्तरीको बर्दिवासमा जारी प्रदेश २ स्तरीय तेस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता २०७६’ को उपाधी बर्दिवासले जितेको छ ।खुल्ला(पुरुष डवल) र भेट्रान(पैंतालीस बर्षमाथिका खेलाडी) तर्फको दुवै उपाधी बर्दिवासले जितेको हो ।

खुल्ला (परुष डवल) तर्फ बिष्णु ढु¨ेल र पुरज ढु¨ेललाई हराउँदै बर्दिवासकै दिपेन्द्र बस्नेत, रुपक थि¨ले उपाधी जितेको हो ।

त्यस्तै भेट्रान (पैंतालीस बर्षमाथिका खेलाडी) तर्फको उपाधी ईश्वरी प्रसाद पन्त र पोषण थापाको जोडीले जितेको छ । बर्दिवासकै बिष्णु ढु¨ेल र चित्र थापाको टोलीलाई हराउँदै ईश्वरी पन्त र पोषण थापाको जोडीले प्रथम स्थान हाँसिल गरेको हो ।

त्यस्तै महिला तर्फ(खुल्ला)मा रोज पाण्डेले प्रथम स्थान कब्जा गर्न सफल भएको छ । महिला तर्फ सृष्टी राई दोस्रो भएकी छिन् । बर्दिबास ब्याडमिन्टन संघको आयोजनामा र बर्दिबास नगरपालिकाको सहयोगमा प्रदेश न २ स्तरीय तेस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७६’ अन्र्तगत खेलको उपाधि उनीहरुले जितेका हुन् ।

खुल्ला तर्फका प्रथम हुने टोलीले नगद रु. ३० हजारसहित बिभिन्न ट्रफी हात पारेका छन् भने भेट्रान तर्फ प्रथमहरुले पनि नगद रु. २५ हजार र महिला तर्फ प्रथम हुनेले नगद रु १०सहित बिभिन्न ट्रफी हात पारेको बर्दिवास व्याटमिन्टन संघले जनाएको छ ।

खेलमा प्रदेश नं. २ का महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौत्तहट,बारा, पर्सा र महोत्तरीको छिमेकी जिल्ला सिन्धुली गरी नौं जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो ।

खेलमा खुल्ला (पुरुष डवल) तर्फ ३२ टिम, भेट्रान तर्फ १५ टिम र महिलाा खुल्ला तर्फ ११ टिम गरी ५८ वटा टिमको एक सय १६ जना ब्याडमिन्टन खेलाडीहरु बीच प्रतिस्पर्धा भएको थियो ।

खुल्ला प्रतिस्पार्धी दृतीयलाई नगद २५ हजार, तृतीय हुनेलाई नगद १० हजार त्यस्तै भेट्रान तर्फका दृतीयलाई रु. १५ हजार, तृतीयलाई १० हजार, मेडल, शिल्ड,प्रमाणपत्र प्रदान गरिएको छ ।

खेल तर्फका उत्कृष्ट महिला खेलाडी रोज पाण्डे घोषित भएका छन् भने पुरुष खुल्ला तर्फका पुरज ढु¨ेल उत्कृष्ट खेलाडीको रुपमा घोषित गर्दै सम्मान गरिएको संघले जनाएको छ ।

प्रथम, द्वितीय तथा तृतीयहरुलाई क्रमस बर्दिवास नगरपालिकाका नगर प्रमुख बिदुर कार्कीले पुरस्कार बितरण गर्नुभएको थियो ।

पुरस्कार वितरण पश्चात बोल्दै बर्दिवास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्कीले नगरलाई प्रदेश नम्बर २ कै खेल क्षेत्रको रुपमा बिकास गर्न नगरपालिकाले लगानी गर्ने बताउनुभयो ।

स्वास्थ्यको लागि खेलकुद आवश्यक रहेको भन्दै उहाँले खेल र खेलाडीको बिकास नगरको पहिलो प्राथमिकता रहेको बताउनुभयो । अर्को बर्ष सातै प्रदेशको ब्याडमिन्ट प्रतियोगिता बर्दिवासमा आयोजना गर्ने नगर प्रमुख कार्कीले बताउनुभयो ।

बर्दिबासमा जारी प्रदेश स्तरीय ब्याडमिन्ट प्रतियोगिता प्रदेश नं. २ मा संचालन भएको खेल मध्य अहिले सम्मकै ठूलो प्रतियोगिता रहेको बर्दिवास व्याडमिन्टन संघका सचिव बिजय केसीले जनकारी दिनुभयो ।

संघले खेललाई व्यवसायीक ढंगले खेलको बिकास गर्न खोजी रहेको भन्दै आउँदा आगमी दिनमा खेलमा महिला सहभागिता बढाउने तर्फ संघले कार्ययोजना बनाउने सचिव केसीले जानकारी दिनुभयो। –रासस


ताजा खबर