चीनमा सफल भयो कोरोना भाइरसको उपचार : निको भएपछि बिरामी धमाधम घर फर्कन थाले

गत डिसेम्बरदेखि चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बिरामी भएका १ हजार ५ सय ४० जना उपचारबाट निको भएका छन् । निको भएका सबै बिरामीहरुलाई बिदाइ गरेर घर पठाइएका तस्विरहरु जताततै छाएका छन् । बिहिबारसम्म ३१ हजार भन्दा बढि संक्रमित रहेको चीनको स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

युहानका सरुवारोग विभागका निर्देशक वाङ गुइकियांगले संक्रमितको यो संख्यामा धेरै सुधार आउने बताउनुभएको छ । उनीहरुको विभिन्न अस्पतालका आइशोलेसन कक्षमा उपचार भइरहेको छ । संक्रमितहरुको उपचारका लागि १० दिनमै २ वटा अस्पताल निर्माण गरि उपचार भइरहेको छ । संक्रमणको नियन्त्रण र उपचारका लागि चिनले हर सम्भव प्रयास गरिरहेको छ ।

न्यूक्लिक एसिड परीक्षण विधि मार्फत संक्रमित पत्ता लगाउन सहयोग पुगिरहेको हुजोंग विज्ञान र प्रविधि विश्वविद्यालय टोङजी अस्पतालको प्रयोगशाला विभागका निर्देशक सुन जिओङगले बताउनुभएको चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् ।

१. संक्रमित बिरामी औसतमा १० दिन अस्पतालको बसाइ पश्चात घर फर्कन सफल भएका छन् ।

२. आइशोलेसनमा रहेका बिरामी मध्ये ६ प्रतिशत गम्भीर अवस्थामा छन् तर आवश्यक उपचार सुरु भइसकेकाले उनीहरु छिट्टै निको हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

३. बिरामीहरुको उपचारमा एन्टीभाइरल थेरापी र चीनको परम्परागत औषधि प्रभावकारी देखिएको छ ।

४. कोरोना भाइरसबाट हुने संक्रमण रोक्न तथा भाइरसको निदान गर्न (न्यूक्लिक एसिड टेस्ट) मार्फत परीक्षण भइरहेको छ । पहिला दिनको २ सय जनाको मात्र न्युक्लिक एसिड टेस्ट भइरहेको युहानमा अहिले दिनको ४ हजार २ सय जनाको नमुना परीक्षण भइरहेको छ । न्यूक्लिक एसिड परीक्षणले कोरोना भाइरस प्रकोपको महामारी रोकथाम र नियन्त्रणमा अपरिहार्य भूमिका खेल्छ। युहानमा हालसालै संदिग्ध र पुष्टि भएका घटनाहरूको संख्या बढ्दै जाँदा, परीक्षण प्रयोगशालाहरूले प्रत्येक दिन ठूलो मात्रामा न्यूक्लिक एसिडका नमूनाहरू प्राप्त गर्दैछ।

५. चीनले केवल न्यूक्लिक एसिड टेस्टमा मात्रै सुधार गरेको छैन, नयाँ अस्पताल र दक्ष संस्थाहरु थपिएका छन् भने दुई सार्वजनिक संस्थाहरुलाइ पनि २ हजार ८ सय बेडको अस्पतालमा परिणत गरेको छ । यी दुई अस्पतालहरुले सामान्य लक्षण देखिएका बिरामीहरुको पनि स्वास्थ्य परीक्षण सुरु गरिसकेको छ ।

६. कोरोना भाइरसबाट हुने संक्रमण रोक्न तथा भाइरसको निदान गर्न न्यूक्लिक एसिड टेस्ट बाहेक रोगबारे थप नयाँ कुरा पत्ता लगाउन सिटी स्क्यान प्रविधि मार्फत प्रभावकारी उपचार सेवा सुरु गरिएको छ । 

७. संक्रमणको लक्षण भएका तर न्यूक्लिक एसिड टेस्टमा नेगेटिभ रिजल्ट आएका बिरामीहरुको सिटी स्क्यान गरि रोगको निदानको काम बुधबारदेखि सुरु भएको छ ।

८. संक्रमित बिरामीहरुको समयमा नै पहिचान गर्न युहानमा १ सय ३२ वटा क्वारेन्टाइन स्थानको व्यवस्था गरिएको छ ।

९. यति हुँदाहुँदै पनि अस्पतालहरुको अभाव पूर्ति गर्न सरकारले नीजि अस्पताल, होटल, विद्यालय र अन्य स्थानहरुमा क्वारेन्टाइनको व्यवस्था गर्ने तयारी गरेको छ ।

१०. शहरका सार्वजनिक बाटो लगायतका अन्य स्थानहरुमा सेनिट्राइजेशनको काम जारी छ ।

११. कुनै पनि समयमा कुनै पनि स्थानमा एम्बुलेन्सको व्यवस्था छ ता कि अस्पतालमा पुग्न समय नलागोस् ।

१२. अस्पतालहरुमा स्वास्थ्यकर्मीहरु अहोरात्र खटिरहेका छन् । मास्क र मेडिकल सामानको अभाव हुँदाहुँदै पनि संक्रमितहरुलाई बचाउने प्रयासमा जुटिरहेका छन् ।

१३. अहिलेको जटिल परिस्थितिलाई सामान्य बनाउन हुवई प्रान्तमा ५ करोड ५७ लाख अमेरिकी डलर खर्च भइसकेको छ ।

सिजिटिएन / बीबीसी


ताजा खबर