नेपाली ढाका पहिरन विश्वसामु चिनाउने उद्देश्य छ : कल्पाना योङहाङ

सुरुमा पाल्पाबाट उत्पादित ढाका कपडा तथा परिहन विश्व बजारमा पुग्न थालेको छ । हातेतानबाट बुनिएको ढाकाको लोकप्रियतासँगै ‘जहाँ नेपाली, त्यहाँ ढाका पहिरन’ भन्ने नारा नै बनेको छ । नेतादेखि सेलिब्रेटीसम्मलाई ढाका पहिरन प्रिय बन्न थालेको छ । कुनैबेला ढाका सिमित वर्गले मात्र पहिचानका रुपमा अँगाल्दै आएका थिए । तर, २०६४ मा कल्पना योङहाङ लिम्बूले ‘द हाइल्याण्ड आर्ट’ कम्पनीमार्फत व्यवसायरुपमै ढाका कपडा उत्पादन र प्रवर्धन सुरु गरेपछि विश्वका कुना–कुनासम्म पुग्न थालेको हो । ‘द हाइल्याण्ड आर्ट’मार्फत ढाका उत्पादन र ‘कल्पना ढाका बुटिक’बाट परिहन प्रवद्र्धन गर्दै आएकी उद्यमी कल्पना भन्छिन्, ‘अहिले ढाकाको पहिरन यहाँ जति लोकप्रिय छ, विश्व समुदायमै पनि लोकप्रिय बनाउने उद्देश्य छ ।’ कल्पनाले ‘बोट’देखि शोरुपसम्म ढाकाका लागि काम गर्दै आएकी छन् । फेसन डिजाइनर तथा ढाकाविद्समेत रहेकी कल्पनालाई सरकारले सफल महिला उद्यमीका रुपमा सम्मान गरिसकेको छ । यिनै महिला उद्यमी तथा फेसन डिजाइनर कल्पना योङहाङसँग  दुर्गा कुसुमले गर्नुभएको सफल कुराकानीको सम्पादित अंश ।

ढाका कपडा पहिरनको बजार कस्तो छ ?

एकदमै राम्रो छ । ढाका कपडाबाट तयार पारिएको विभिन्न किसिमको डिजाइनका पहिरनको माग बढ्दो छ । सुरुमा सेलिब्रेटीबाट बढी माग आउँथ्यो । तर, अहिले सरकारी निकायबाट समेत ढाका कपडाको पहिरन अर्डर आउन थालेको छ ।

सरकारी निकाय भन्नाले ?

विशेषगरी स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिधिबाट ढाका पहिरन अर्डर आइरहेको छ । नगरपालिका र गाउँपालिकाका अधिकांश महिला जनप्रतिनिधिले ‘द हाइल्याण्ड आर्ट’द्वारा उत्पादित ढाकाको पहिरन अर्डर गरेका छन् । विदेशबाट समेत माग बढ्दो छ । भर्खरै ढाका कपडा प्रवद्र्धन गर्नका लागि अमेरिकाको दुई÷चार वटा राज्यमा भ्रमण गरेकी थिएँ । त्यहाँ नेपाली ढाकाबाट बनाइएका पहिरनको चासो दिएको पाएँ ।

ढाका उत्पादन उद्योगका रुपमा अँगाल्दा यसरी बजार लिन्छ भन्ने सोच्नुभएको थियो ?

थिएन । तर, एकदिन नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याउँछु भन्ने दृढता लिएकी थिएँ । लिम्बू सुमदायको ढाका बुनाइ पुर्खौली पेसा हो । तर, यसलाई व्यवसायरुपमा अँगाल्न खोज्दा सुरुमा तितो अनुभूतिहरु पनि भोग्नुपरेको छ । सुरुमा ढाका कपडाको प्रवद्र्धन गर्दा ‘यो बुढाबुढी मात्र लगाउने’ भन्थे । तर, आफ्नो उद्देश्य छोडिनँ । ढाकाका विभिन्न किसिमका पहिरन डिजाइन गर्दै बजारमा पठाउन थालेँ । विस्तारै ढाका पहिरन फिल्म र गीतसंगीत क्षेत्रका सेलिब्रेटी हुँदै देशको प्रमुख अंगसम्म पु¥याउन सफल भएँ ।

‘द हाइल्याण्ड आर्ट’ ढाका उद्योग सुरु गर्नुभएको कति भयो ?

२०६४ सालमा सुरु गरेकी हुँ । सानैमा घरमा ढाकाको तान देख्दै आएकी थिएँ । मेरो आमा पनि तान बुन्नुहुन्थ्यो । तर, सानोमा मलाई तान छुनै दिँदनथिए । लुकी लुकी तान बुन्थे । आफैँ तान लगाउन सक्ने क्षमता म मा थिएन । काठमाडौं आएपछि १५ हजार ऋण काढेर एउटा तानबाट ‘द हाइल्याण्ड आर्ट’ सुरु गरेकी हुँ ।

‘द हाइल्याण्ड आर्ट’ उद्योगकै रुपमा अगाडि बढिसक्यो होइन त ?

हो, हाल दुई सयभन्दा बढी तान छ । अढाई सयभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएकी छु । ‘द हाइल्याण्ड आर्ट’को अहिले अचल पुँजी ६ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।

तपाइँको सफलतालाई प्रेरणाकै रुपमा लिन सकिन्छ । एक सफल उद्योमी एवं व्यवसाय बन्नका लागि के चाहिन्छ ?

सबैभन्दा ठूलो कुरा धैर्यता र मिहिनेत हो । जीवनमा मैले धेरै कष्टहरु भागेकी छु । ढाका कपडालाई यहाँसम्म पु¥याउन पसिना बगाएकी छु । २४ घण्टामा ४ घण्टामात्र सुतेर ‘द हाइल्याण्ड आर्ट’लाई उद्योगमा रुपमा स्थापित गरेकी हुँ । अझैपनि मेरो उद्देश्य पूरा हुन बाँकी छ । नेपाली ढाकालाई विदेशमा चिनाउनु र स्वदेशमै रोजगारी सिर्जना मेरो मुख्य उद्देश्य हो ।

उद्योगी र सामाजिक कार्यसँगै राजनीतिमा पनि हुनुहुन्छ । समय दिन गाह्रो भइरहेको छैन ?

हरेक कामलाई सहज रुपमा लिन्छु म । राजनीति विकासमूलक गर्नुपर्छ भन्ने मेरो मान्यता हो । राजनीतिमा समाजिकता हुन्छ नै, त्यससँगै आर्थिक पनि जोडिए राम्रो हुन्छ । विकासमूलक राजनीतिमा आर्थिक चाहिन्छ । सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल’को नारालाई मुर्तरुप दिन आर्थिक क्रान्ति चाहिन्छ । त्यसमा पनि नेपाली उत्पादनलाई जोड दिनुपर्छ ।

ढाका उद्योगलाई विस्तार गर्ने नयाँ योजना के छ ?

सातै प्रदेशमा ढाका बुनाइ तालिम दिँदैछ । यसअघि तीन हजार बढीलाई तालिम दिइसकेकी छु । तर, अब प्रदेशस्तरमा तालिम दिएर स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यतिर बढेकी छु । साथै, सिन्धुलीमा कपास खेती सुरु गरेकी छु । जसरी हुन्छ, नेपाली उत्पादनको पवद्र्धनसँगै रोजगारी सिर्जना गरेर सरकारको ‘समृद्ध नेपाल’ नारालाई टेवा पु¥याउने सोच छु ।


ताजा खबर