आइसीसी विश्वकप लिग दुई : सिरिजको अन्तिम खेलमा आज नेपाल अमेरिकासँग भिड्दै

घरेलु मैदान कीर्तिपुरमा नेपाल सिरिजको अन्तिम खेल आज अमेरिकासँग खेल्दैछ ।

सिरिज भने ओमानले जितिसकेको छ । नेपाल र अमेरिका दुवैलाई क्लिन स्वीप गर्दै चार खेलबाट आठ अंक ओमानले जितेको छ ।

ओमानसँग दुवै खेल गुमाएको नेपालले अमेरिका विरुद्ध एक खेल जितेको छ । आज अमेरिकासँग जित निकाले नेपालले चार खेलबाट चार अंक जोड्नेछ । यस्तो अवस्थामा अमेरिका सिरिजको चार खेल पराजित हुँदै स्वदेश फर्कनेछ । तर, नेपाललाई पराजित गर्न सके चार खेलबाट दुई अंक बटुलेर स्वदेश फर्कनेछ ।

आईसीसी वल्र्डकप लिग टुमा ओमानले १० खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा छ भने अमेरिका ११ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा छ । सन् २०१८ मा एक दिवसीय क्रिकेटको मान्यता पाएको नेपालका लागि भने यो सिरिज नै पहिलो हो । अहिलेसम्म तीन खेलबाट दुई अंक जोड्दै नेपाल लिगको दोस्रो अन्तिम स्थानमा छ । –सफल नेपाल


ताजा खबर