ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त

नेपाल प्रहरीको नेतृत्व ठाकुर ज्ञवालीको काँधमा आएको छ । अर्थात्, नेपाल सरकारले ज्ञवालीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई नेपाल प्रहरीको २७औँ आईजीपीमा नियुक्त गरेको हो । ज्ञवाली प्रदेश १ को प्रदेश प्रहरी कार्यालय प्रमुखको रूपमा कार्यरत थिए ।

ज्ञवाली संगठनमा इमान्दार र खरो स्वभावका अधिकृतका रुपमा चिनिन्छन् । २०२२ असोज २८ गते साविक वादीकोट गाविस–९, प्युठानमा जन्मिएका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

३० वर्षे सेवा अवधिको नियमानुसार निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आजबाट घर फर्कंदै छन् । बताइएअनुसार मंगलबार साँझ निवर्तमान आईजीपी खनाललगायत तीन एआईजी र १८ डीआईजीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना हुने विशेष कार्यक्रमबाट बिदाइ गरिँदै छ । -रासस


ताजा खबर