ग्लोबल आइएमई बैंकको यस आर्थिक वर्षको दोस्रो त्रैमासिक मुनाफा २ अर्व १४ करोड

निजी क्षेत्रबाट संचालित देशकै सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लि. ले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु. २ अर्व १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

मुनाफामा साविकको जनता बैंक नेपाल लि.को २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश भएको छ । ग्लोबल आइएमई बैंक लि. र जनता बैंक नेपाल लि. एकआपसमा गाभिई गत मंसिर २० गतेदेखि एकिकृत कारोबार शुरु भएको थियो ।

मर्जर पश्चात्  ग्लोबल आइएमई बैंक पूँजी तथा व्यवसायको हिसावले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । हाल बैंकको प्राथमिक पूँजी रु. २४ अर्व ८७ करोड, कुल पूँजी रु. २८ अर्व १६ करोड, कुल निक्षेप रु. २ खर्व १३ अर्व र कर्जा तथा ऋण लगानी रु. १ खर्व ९८ करोड भन्दा बढी पुगेको छ ।

बैंकले हाल देश तथा विदेशमा रहेका आफ्ना ८१७ शाखा तथा सेवा संजाल मार्फत १९ लाख भन्दा बढी ग्राहकलाईसेवा प्रदान गर्दै आएको छ । हाल बैंकले २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सनकाउण्टर तथा राजश्व संकलनकाउण्टर र २४९शाखा रहित बैंकिङ्ग सेवा मार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको र यसै आर्थिक वर्षमा खोलिने थप ५९ शाखा सहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको छ ।  –रासस


ताजा खबर