बिकास निर्माणलाई गति दिन प्रधानमन्त्रीको निर्देशन

 प्रधानमन्त्री केपि शर्मा ओलीले बैदेशिक लगानीमा सञ्चालित आयोजनाहरूको पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ ।

राष्ट्रिय बिकास समस्या समाधान समितिको आज सिंहदरबारमा बसेको ४७औं बैठकमा प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य अनुसार बजेट खर्च गर्न र बिकास निर्माणका कामलाई गति दिन निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले बिकास निर्माणका आयोजनाहरूलाई गति दिन सबै निकायहरूले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

बैठकले प्रस्तावित सगरमाथा सम्बाद सम्पन्न गर्न परराष्ट्र मन्त्रालय र सगरमाथा सम्बाद सचिवालयसँग समन्वय गरी सबै मन्त्रालयहरूले आ–आफ्नो दायित्व पुरा गर्ने, गतबर्ष सम्पन्न लगानी सम्मेलनका क्रममा मित्रराष्ट्रहरूबाट व्यक्त प्रतिवद्धता अनुसारको लगानी भित्र्याउन राष्ट्रिय योजना आयोगको आर्थिक क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सरोकारवाला अन्य निकायका पदाधिकारीहरू सदस्य रहनेगरी एक संयन्त्र गठन गर्ने, प्रदेश सरकारको स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गतका विकास निर्माणका आयोजनाहरूलाई नेपाल सरकारको नाममा रहेका जग्गा आवश्यक पर्ने भएमा भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले सम्वन्धित प्रदेश सरकारसँग समन्वय गरी तीन महिना भित्र जग्गा उपलब्ध गराउने लगायतका निर्णयहरू गरेको छ । -रासस


ताजा खबर