सहिद स्मारक लिग : एनआरटीलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी अंकतालिकाको तेस्रो स्थानमा उक्लियो

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिमबिरुद्ध जित निकालेको छ ।

न्युरोडबिरुद्धको खेलमा ४–१ को फराकिलो नतिजा निकाल्दै मनाङ मर्स्याङ्दी लिग अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने उपाधि होडलाई जिवितै राख्न पनि सफल भएको छ ।

मनाङको जितमा अन्जन विष्टले २ गोल गरे भने बिमल राना र जयानन्द सिंह एक एक गोल गरेका थिए । न्युरोडका लागि सकल रेग्मीले गोल गरेका थिए ।

जितसँगै मनाङ ११ खेलबाट २३ अंक बटुल्दै लिग अंकतालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ । मनाङले ११ खेलमध्ये ६ खेलमा जित, ४ खेलमा बराबरी र १ खेलमा हार बेहोरेको छ ।

न्युरोडको लिगमा ९ खेलबाट १५ अंक रहेको छ भने न्युरोड तालिकाको आठौँ स्थानमा रहेको छ । – रासस


ताजा खबर