आईसीसी विश्वकप लिग २ : नेपाल ओमानसँग दोस्रो पटक पराजित, अब अन्तिम खेलमा बुधबार अमेरिकासँग खेल्ने

आईसीसी विश्वकप लिग २ एक दिवसीय क्रिकेटमा नेपाल दोस्रो पटक ओमानसँग पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।

लगातार तेस्रो जीत निकालेको ओमान भने तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । नेपालले अब अन्तिम खेलमा बुधबार अमेरिकासँग खेल्ने छ ।

नेपालले दिएको २५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा पुरा गरेको हो । ओमानको जीतमा अकिब इलियस र जिसन मक्सुदले उत्कृष्ट पारि खेले । इलियसले शतक बनाउँदा मक्सुदले अर्धशतक बनाएका थिए ।

नेपालका तर्फबाट ७ जनाले बलिङ गरे पनि सुशन भारी र कुशल मल्लले मात्र विकेट लिन सफल भए । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारि खेले । उनी ५६ रन बनाएर आउट भए । यसैगरी पारस खड्काले ३८ रन बनाउँदा विनोद भण्डारीले ३५ रन जोडे । यस्तै कुशल मल्ल र आरिफ शेखले समान २८–२८ रन बनाउँदा ओपनर सुवास खकुरेलले २२ रनको योगदान गरेका थिए ।

नेपालका करण केसी १० रनमा आउट हुँदा सन्दीप लामिछाने १० रनमै नट आउट भए भने डेव्यु गरेका कमलसिंह ऐरी ९ रनमा नट आउट रहेका थिए । –रासस

www.prabhuhelicoptors.com


ताजा खबर