सहिद स्मारक लिग : जावलाखेलले फ्रेण्ड्सलाई हरायो, मनाङ मर्स्याङ्दी र एनआरटी आइतबार भिड्ने

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबले फ्रेण्ड्स क्लबमाथि जित निकालेको छ ।

शनिबार एन्फा मैदान सातदोबाटोमा भएको खेलमा जावलाखेलले फ्रेण्ड्स क्लबलाई १—० गोल अन्तरले पराजित गरेको हो । जाउलाखेलको जितमा फोडे फोफानाले खेलके ५८ औं मिनेटमा गोल गरेका थिए । याेजितसँगै जावलाखेलले लिग तालिकामा थप तीन अंक जोड्दै पाँचौं स्थान कायम गरेको छ । हारसँगै फ्रेन्ड्स क्बल १४ अंकमा सिमित रहँदै नवौं स्थानमा छ ।

आइतबार मनाङ मर्स्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) भिड्ने

शनिबार नै हुने भनिएको मनाङ मर्स्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) बीचको खेल भने स्थगित भएको छ । शनिबार ३ बजे सशस्त्र प्रहरीको मैदान हल्चोकमा हुने भनिएको खेल प्राविधिक कारण स्थागित गर्नुपरेको अखिल नेपाल फुटबल संघ (एन्फा)लेबताएकाे छ। उक्त खेल आइतबार १ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ । –सफल नेपाल, काठमाडौं 

 


ताजा खबर