बलिउड सुपरस्टार धर्मेन्द्रको निधन

बलिउड सुपरस्टार धर्मेन्द्रको ८९ वर्षको उमेरमा भारतको मुम्बईमा निधन भएको छ ।

सन् १९७५ को सर्वाधिक लोकप्रिय फिल्म शोलेका प्रेमिल र रमाइला वीरूको रूपमा लोकप्रिय धर्मेन्द्रले आफ्नो लामो फिल्मी यात्रामा ३ सय भन्दा बढी चलचित्रमा अभिनय गर्नु भएको छ ।

हे-म्यान को उपनाम पाएका धर्मेन्द्र आफ्नो उत्कर्ष कालमा बलिउडका सबैभन्दा आकर्षक पुरुषको सूचीमा समेत पर्नु भएको थियो ।

भारत पंजाबको लुधियाना जिल्लाको नसराली गाउँमा मध्यमवर्गीय सिख परिवारमा जन्मनुभएका उहाँ नौ कक्षामा पढ्दा पढ्दै फिल्म क्षेत्रमा प्रवेश गर्नु भएको थियो ।

उहाँको बुबाले राखिदिनुभएको नाम धर्मसिंह देओल भएपनि सिनेमा क्षेत्रमा धर्मेन्द्रको नामबाट उहाँ लोकप्रिय बन्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मेन्द्रको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको निधनसँगै भारतीय सिनेमाको एउटा युगको अन्त्य भएको बताउनुभएको छ । एएनआई


ताजा खबर