नेपाल प्रिमियर लिग(एनपीएल) अन्गर्गत आज भएको दोश्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो ।
योसँगै सुदूरपश्चिमले एनपीएल दोश्रो संस्करणमा लगातार तेश्रो जित दर्ता गराएको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा कर्णालीलाई १४० रनको मध्यम लक्ष्य दिएको थियो ।
तर कर्णालीले सो मध्यम लक्ष्य पछ्याउने क्रममा सबै विकेट गुमाएर जम्मा ९४ रन मात्र जोड्यो ।
कर्णालीलाई अलआउट गर्न सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए ।
हर्मीत सिंहले ४ ओभरमा १९ रन मात्र खर्चेर २ विकेट लिए भने अविनाश बोहराले पनि २ विकेट नै लिए । रासस






















