राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा पत्रकार सन्दीप राई नियुक्त हुनुभएको छ।
मन्त्रिपरिषद्को बैठकले उहाँलाई उक्त पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभएको हो ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय राई पाँचथरको फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुनुहुन्छ ।
मोफसल र काठमाडौँमा विभिन्न सञ्चारमाध्यममा काम गर्नुभएका उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकको रूपमा पनि काम गरिसक्नुभएको छ ।






















