घाटु नाच संरक्षणमा जुट्यो पाल्पाको मगर समुदाय

पछिल्लो समय नयाँ पुस्तामा परम्परागत लोक संस्कृतिप्रति चासो घट्दै गएपछि पाल्पा आसपासका ग्रामीण बस्तीहरू मा घाटुजस्ता मौलिक नाचहरू सङ्कटमा पर्न थालेको छ ।

पाल्पाका ग्रामीण बस्तीहरूमा प्रचलित परम्परागत लोक संस्कृति र लोक परम्पराहरू पछिल्लो समय सङ्कटमा पर्दै जान थालेको हो । युवा पलायन र बसाइँ सराइका कारण गाउँ बस्ती खाली हुँदै गएपछि परम्परागत लोक संस्कृतिहरू पनि सङ्कटमा पदै जना थालेका छन् ।

घाटु मगर समुदायमा प्रचलित लोकप्रिय नाच मध्ये को एक हो । बस्तीबाट घाटु नाच लोप भएर जाने अवस्था सृजना भए पछि जिल्लाको निस्दी गाउँपालिका ४ मित्यालका मगर समुदाय यसको संरक्षणमा जुटेका हुन । लाफा मगरी कला संस्कृति संरक्षण समूह मार्फत पालिका स्तरमा हुने हरेक कार्यक्रम र उत्सवहरूमा यसको प्रदर्शन थालिएको छ ।

पालिकाहरूले घाटु नाच प्रदर्शन गरेबापत परिश्रमिक र पुरस्कार दिन थाले पछि यसको जगेर्ना र संरक्षणमा टेवा पुग्न थालेको हो ।

विशेष गरी गुरुङ र मगर समुदायमा प्रचलित यो नाच संरक्षणमा स्थानीय तहले पोसाक, वाद्यवादन, साजसज्जा वट र साउन्ड सिस्टमहरू सहयोग गर्दै आएको निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले बताउनुभयो ।

गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य ठाउँअनुसार फरक फरक पाइए पनि कथा भने एउटै हुने स्थानीय अगुवाहरू बताउँछन् । रासस


ताजा खबर