कृषि विकास बैंकले शेयरधनीलाई १३ प्रतिशत लाभांश दिने

कृषि विकास बैंकले आर्थिक वर्ष २०८/१८२ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ३.२५ प्रतिशत बोनश शेयर र ९.७५ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

यससँगै नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम पनि वितरण गरिने भएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्रै वितरण हुने छ ।


ताजा खबर