६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाउने अभियान सुरु भएको छ।
‘भिटामिन ए खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ हिजो बिहीबार र आज शुक्रबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइएको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रबार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो ।






















