वेस्ट इन्डिजसँगको सिरिज खेल्न नेपाली टिम युएई जाने

नेपाली राष्ट्रिय क्रिकेट टिम आज युएई जाने भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार वेस्ट इन्डिजसँग युनिटी कप टी–२० सिरिज खेल्न नेपाली राष्ट्रि क्रिकेट टिम युएई जान लागेको हो।

यसअघि केही दिन अगाडि नै युएई जाने बताइएको भए पनि भिसाका कारण नेपाली टिम रोकिएको थियो। क्यानका प्रवक्ता छुम्बी लामाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै भिसा प्राप्त भइसकेको जानकारी दिनुभएको छ। जेनजी आन्दोलनका कारण युएईले भिसा नदिँदा शुक्रबार उड्ने तयारीमा रहेको नेपाली टिम रोकिएको थियो।

लामाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै सोमबार नेपाली राष्ट्रिय क्रिकेट टिम युएई प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभएको हो।


ताजा खबर