नवनियुक्त प्रधानमन्त्री कार्कीले पदबहाली गर्नुभयो

प्रधानमन्त्री सुशीला कार्कीले पदबहाली गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदबहाली गर्नुभएको हो।

पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गर्नुभएयो। कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो।

प्रधानमन्त्री कार्की शुक्रबार साँझदेखि नै बालुबटारस्थित प्रधानमन्त्री निवासमा बस्न थाल्नुभएको छ।

कार्कीले आइतबार नै सानो आकारको मन्त्रिपरिषद् बनाउनु भएको छ। सोका लागि उहाँले सरोकारवालासँग शनिबार बिहान र साँझ छलफल गर्नुभएको थियो। रासस


ताजा खबर