संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो ।
बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ ।
Rt.Hon. Sushila Karki’s appointment as interim Prime Minister today is an important step after the events of this week. As Nepal’s oldest friend, we recognise the challenges ahead & affirm our commitment to supporting Nepali aspirations for accountability & inclusive governance.
सम्माननीय सुशीला कार्की आज अन्तरिम प्रधानमन्त्रीमा नियुक्त हुनु यस साताभर भएका घटनापछि एउटा महत्वपूर्ण कदम हो। नेपालको पुरानो मित्रका हैसियतले, हामी आगामी चुनौतीहरूलाई स्वीकार गर्दछौं र जवाफदेहित्ता तथा समावेशी शासनप्रणालीप्रतिको नेपाली आकांक्षालाई समर्थन गर्ने हाम्रो प्रतिबद्धता पुनः पुष्टि गर्दछौं।






















