नेकपा एमालेको दोश्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । आजदेखि शुरु हुने महाधिवेशनका लागि गठित बिभिन्न ८ वटा उपसमितिले महाधिवेशनको आवश्यक तयारी पुरा गरिएको जनाएका छन् ।

विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजक ३ सय १५ गरी २ हजार ३ सय ४१ जनाको सहभागिता रहने छ ।
ललितपुरको गोदावरी स्थित सनराइजहलमा आयोजना हुने विधान महाधिवेशनका लागि महाधिवेशनस्थल सिगार्ने र मञ्च निर्माण लगायतका व्यवस्थापनको काम भैसकेको छ ।

महाधिवेशनस्थलमा स्वागत द्वारका साथै हल भित्र र बाहिर आवश्यक सजावट गरिएको छ । महाधिवेशन स्थलमा संचारकर्मीहरुलाई आवश्यक सुचना प्रवाह गर्ने ब्यवस्था पनि मिलाइएको छ ।
महाधिवेशमा सहभागी पाहुना र प्रतिनिधिहरुको स्वागतका लागि सातदोबाटोदेखि गोदावरीसम्म ११ वटा स्वागत द्वार बनाइएको छ।
महाधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के पी शर्मा ओलीले आज शुक्रवार उद्घाटन गर्नुहुने छ । रासस






















