पारालैङ्गिक चलचित्र ‘गुन्यु चोलो : दी ड्रेस’ प्रदर्शनमा

चलचित्र ‘गुन्यु चोलो : दी ड्रेस’ अगत शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रलाई समुद्र भट्टको निर्देशन रहेको चलचित्र लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको छ ।

चलचित्रमा नाजिर हुसेन मुख्य भूमिकामा देखिनुभएको छ । उहाँले पारालैङ्गिक महिला (ट्रान्सवुमन) को भूमिका निर्वाह गर्नुभएको छ ।

नाजिरसँगै चलचित्रमा सन्चिता लुइटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले आवाज दिनुभएको छ । चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त सहकार्यमा बनेको हो ।

चलचित्रमा आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुनुहुन्छ भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता रहनुभएको छ । आलोक शुक्लाले खिच्नुभएको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ । रासस


ताजा खबर