देशभर पानी पार्ने प्राणाली सक्रिय भएसँगै धेरै ठाँउहरुमा मुसलधारे पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो राति पूर्वबाट सक्रिय भएर फैलिएको पानी पार्ने प्रणाली विस्तार हुँदै आज राति देशको धेरै ठाँउहरुमा लगातार मुलधारे पानी पर्ने सम्भावना रहेको मौसम विभागको भनाई छ ।
आज राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई स्थानमा लगातार मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
यसैगरी कर्णाली प्रदेशको पहाडी भूभागमा पनि मुसलधारे पानी पर्ने मौसम विभागको आंकलन छ । कर्णाली प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । रासस





















