राष्ट्रपतिद्वारा नेपाल ऐनलाई संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी सङ्घीय संसद्को दुवै सदनबाट पारित भई आएको विधेयक नेपालको संविधानको धारा ११३ (२) बमोजिम राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गर्नुभएको जानकारी गराउनुभयो ।


ताजा खबर