मिलेपछि दाजु भाउजु र बा !

~ कवि अर्जुन पराजुली

मिलेपछि

दाजु भाउजु र बा !

खुल्न लागेका फाइल

बागमतीमा स्वाहा !

त्यसपछि –

फाइल खोल्न खोज्ने

कसैको सरुवा हुनेछ जेलमा !

फाइल बन्द गर्न सघाउनेको छातीमा

संविधान दिवसको दिनमा हुनेछ तक्मा टुँडिखेलमा !

त्यसपछि-

भ्रष्टाचार गर्न अफिस धाइरहन पर्दैन

होम डेलिभरिको व्यवस्था हुनेछ,

चाहे तपाँइको घर होस जिरीमा

चाहे होस धौलागिरीमा !

एउटा भ्रष्टाचार गर्नेले पाउनुहुनेछ

दुइटा भ्रष्टाचार फिरीमा !!

 


ताजा खबर