सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको छ ।

“राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका-२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रासस

 


ताजा खबर