जीतेन्द्रनारायण देव नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश

जीतेन्द्रनारायण देव नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले नेता देवसहित विभिन्न पार्टी परित्याग गरेका नेतालाई पार्टीमा प्रवेश गराउनुभएको हो ।

नेता देव पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका साथै पूर्वसांसद हुनुहुन्छ । केही समय एमालेमै रहनुभएका नेता देव नेपाली काँग्रेसअघि उहाँ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मा आबद्ध हुनुहुन्थ्यो ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवालीलगायत सहभागी हुनुहुन्थ्यो । रासस


ताजा खबर