आज रु. २९.६६ अर्ब बढीको आन्तरिक ऋण नवीकरण हुने

सरकारले २९ अर्ब ६६ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज असार १७ गते २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

कार्यालयले २८ दिने ८ अर्ब रुपैयाँ, ९१ दिने ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ८ अर्ब ९१ करोड ६५ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ।

यी ट्रेजरी बिल क्रमशः साउन १५ गते, असोज १५ गते, पुस १६ गते र २०८२ असार १७ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।


ताजा खबर