साँखुमा ॐ हस्पिटलको निःशुल्क मुटु स्वास्थ्य परिक्षण

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर तथा रोटरी क्लव अफ साँखुले आज निःशुल्क बृहत मुटु स्वास्थ्य परीक्षण शिविर आयोजना गर्यो ।

May be an image of 5 people, people studying, chess and hospital

स्थानीय कलश पोखरी स्थित भगवती मा.वि.को प्राङ्गणमा आयोजित शिविरमा मुटु, रक्तचाप, मुटुको धड्कन, इलेक्ट्रोकार्डियोग्राम,  इकोकार्डियोग्राफी लगायतका मुटु स्वास्थ्य परिक्षण गरिएको थियो ।

May be an image of 2 people, people studying, television, newsroom and text

शिविरमा काठमाडौं महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर एण्ड थोरासिस सेन्टरका विभागिय प्रमुख समेत रहनुभएका  ॐ हस्पिटलका वरिष्ठ मुटुरोग विशेषज्ञ (Senior Consultant Interventional Radiologist) डा. चन्द्रमणी पौडेल र मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेतीले  मुटु स्वास्थ्य परीक्षण गर्नुभएको थियो । उहाँहरुलाई डा. प्रज्ञा अधिकारी, आशिष राहुल र डा. आर्जु मल्लले साथ दिनुभएको थियो ।

May be an image of 8 people, people smiling and hospital

शिविर अघि आयोजित संक्षिप्त औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणी पौडेलले मुटुरोग नियन्त्रणमा स्वास्थ्य सचेतना,नेपालमा मुटु रोगीको अवस्था र मुटु रोग लाग्न नदिन व्यक्ति स्वयमको भूमिका बारे जानकारी दिनुभएको थियो । मुटु रोग बाट जोगिन नियमित शारिरिक अभ्यास, स्वस्थकर खानपान र सकारात्मक जिवन शैलीमा ध्यान दिन सहभागि सबैलाई आग्रह गर्नुभयो।

May be an image of 5 people, dais and text

‘स्वास्थ्य मुटु स्वस्थ जीवन’ भत्रे नारासहित रोटरी क्लव अफ साँखु र ॐ हस्पिटलले बृहत निःशुल्क मुटु जाँच शिविर आयोजना गरेको क्लवका अध्यक्ष रोटेरियन राजेश श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँले रोटरीका तर्फवाट समय समयमा यस किसिमको मुटु स्वास्थ्य परिक्षण शिविर आयोजना गरिरहने प्रतिवद्धता व्यक्त गर्दै सहकार्यको अपेक्षा समेत गर्नुभयो ।

May be an image of 5 people, children's toy, dais and text

शिविरलाई सफल बनाउन साथ दिनुहुने समपूर्ण रोटरियनहरु, रोट्राक्ट क्लव अफ साँखु , रोटरी कम्युनिटी क्रप्स अफ साँखुका समपूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ अपेक्षा गरेको बताउनुभयो ।

May be an image of 10 people and people studying

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरेको र मनमोहन कार्डियोभास्कुलर एण्ड थोरासिस सेन्टरको प्राविधिक सहयोगमा रोटरी क्लव अफ साँखुले आयोजना गरेको एकदिने शिविरमा ३०० जना भन्दा बढी स्थानीयको मुटु परिक्षण गरिएको थियो ।

May be an image of 6 people, people smiling, hospital and text

शिविरमा स्वास्थ्य परिक्षण गराएका सबै स्थानीयलाई  क्वेष्ट फर्मास्युटिकल्सले निःशुल्क औषधी वितरण  गरेको थियो ।

शिविरमा सहभागि चिकित्सक तथा प्राविधिकहरुलाई रोटरीका तर्फवाट मायाँको चिनो तथा कदरपत्र समेत प्रदान गरिएको थियो ।

May be an image of 8 people and text

May be an image of 4 people and text

May be an image of 6 people, dais and text

May be an image of 4 people and text

May be an image of 6 people and text

May be an image of 8 people, chess and text

May be an image of 10 people and text

 

 सफल नेपाल


ताजा खबर