विजय स्मारकका पूर्व विद्यार्थीलाई ॐ हस्पिटलमा छुट

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र विजय स्मारक पूर्व विद्यार्थी समाजबीच विशेष छुट सहित सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

ॐ हस्पिटलमा आयोजित संक्षिप्त कार्यक्रममा विजय स्मारक पूर्व विद्यार्थी समाजका अध्यक्ष सुमन न्यौपाने र ॐ हस्पिटलका मेडिकल डाइरेक्टर हरिश जोशीको उपस्थितमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत तथा विजय स्मारक पूर्व विद्यार्थी समाजका सचिव निरञ्जन श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार विजय स्मारक पूर्व विद्यार्थी समाजका सदस्यहरु, विजय स्मारक मा. वि. सँग सम्बद्ध व्यक्तिहरु (शिक्षक/ शिक्षिका, विद्यार्थी/ पूर्व विद्यार्थी, कर्मचारी)  तथा उहाँहरुका परिवारजनले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा सेवाहरुमा विशेष छुट पाउने व्यवस्था गरिएको अस्पतालले जारी गरेको प्रेस नोटमा जनाइएको छ ।

जस अन्तर्गत ॐ हस्पिटलले चिकित्सकसँगको परामर्श पछिका परिक्षणहरु, अन्तरङ्ग विभागमा भर्ना भई लिने विषेशज्ञ उपचार सेवा, नर्सिङ केयर, विभिा्न रेडियोलोजी तथा प्याथोलोजी परिक्षणहरु, एम्बुलेन्स सेवामा समन्वय, विभिन्न खोपको उपलव्धता, रगत परिक्षण तथा प्रि हेल्थ चेकअप सेवा लगायतका सुविधाहरु उपलब्ध गराउने अस्पतालले जनाएको छ । ॐ अस्पतालले कर्पोरेट डेस्क मार्फत विजय स्मारक पूर्व विद्यार्थी समाजको संस्थागत सिफारिसमा उपचार तथा परिक्षणका लागि आउनुहुने सेवाग्राहिका लागि सम्पर्क ब्यक्तिको समेत व्यवस्था गरेको छ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य उपचार सेवा प्रदायक ॐ अस्पतालले तिन दशक अधिदेखि सरलिकृत स्वास्थ्य उपचार सेवा दिने र सेवा शुल्कमा विशेष छुट उपलब्ध गराउँदै आएको छ। निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ । निःसन्तान दम्पतिलाई वात्शल्य सुख प्रदान गर्ने नेपालको पहिलो आइ.भि.एफ. सेवा सहितको ॐ अस्पालले मातृशिशु सेवा, मुत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

नेपाल सरकारको सामाजिक सुरक्षा कोषमा आवद्ध यस अस्पतालमा स्वास्थप्रति जागरुक नागरिकहरुकालागि भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।


ताजा खबर