टी-२० विश्वकपमा नेपाल र बंगलादेशबीचको खेल जारी

टी-२० विश्वकप क्रिकेट अन्तर्गत अहिले नेपाल र बंगलादेशबीच खेल भइरहेको छ।

वेष्ट इन्डिजको सेन्ट भिन्सेटमा टस जितेर फिल्डिङ रोजेको नेपालले १२ ओभरको खेल सकिँदा ६ विकेट लिइसकेको छ।

आज नेपालले बंगलादेशबिरुद्धको टोलीमा १ जना खेलाडी परिवर्तन गरेको छ।

नेपालले करण केसीको ठाउँमा सन्दीप जोरालाई टोलीमा राखेको छ ।

यसअघि नेदरल्याण्डस् र दक्षिण अफ्रिका सँग नेपाल पराजित भइसकेको छ भने श्रीलंकासँगको खेलमा बर्षाले खेल रद्द भएपछि अंक बाँडेको थियो ।

आजको खेललाई नेपालका लागि प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको छ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।

नेपाल यसअघि अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्लोरिडामा तय भएको नेपाल र श्रीङ्काबिचको दोसो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।

नेपालका लागि सोमबारको खेलमा गुमाउनुपर्ने केही छैन । याे खेल जितेमा नेपालले जारी विश्वकपमा बलियो टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।

खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक मोन्टी देसाईले नेपाली खेलाडीको प्रदर्शन रामो भएपनि दक्षिण अफ्रिकाविरुद्ध मानसिक आत्मबल गुमाएको बताउनुभयो ।

‘‘हार ब्यहोर्ने टोली सधैँ सफल जस्तो मानिन्छ । तर दक्षिण अफ्रिकाविरुद्ध नेपालले राम्रो खेलेको हो । अन्तिममा आत्मबल देखाउन नसक्दा हार खेपेको हो । टेस्ट राष्ट्रलाई हामी पनि विश्वकप खेलका हौँ भनेर देखाइरहेका छौँ । मोन्टीले बङ्गलादेश राम्रो टोली हो । तर नेपालले अन्तिम खेलमा बलियो चुनौती दिनेछ,’’ मोन्टीले भन्नुभयो । उहाँले सबै खेलमा नेपाली खेलाडीले मानसिक आत्मबल देखाउन आवश्यक रहेको पनि बताउनुभयो ।

दक्षिण अफ्रिबाविरुद्ध अन्तिममा नेपालका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले जितको नजिक पुगेर हार खेपेको थियो । हाल समूहको दोस्रो स्थानमा रहेको बङ्गलादेश पनि नेपाललाई हराउँदै सुपर आठमा पुग्ने लक्ष्यमा छ ।

नेपाल र बङ्गलादेशबिच यसअघि सन् २०१४ को टी-२० विश्वकपमा भेट भएको थियो । त्यतिबेला नेपाल आयोजक बङ्गलादेशसँग आठ विकेटले पराजित भएको थियो ।

अहिले समूह ‘डी’ मा अपराजित दक्षिण अफ्रिका चार खेलबाट आठ अङ्क जोड्दै शीर्षस्थानमा छ । दक्षिण  अफ्रिका नेपालविरुद्धको खेलअघि नै सुपर आठमा पुगिसकेको थियो ।

दोस्रो स्थानमा रहेको बङ्गलादेशको तीन खेलबाट चार अङ्क छ । तीन खेलबाट दुई अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । नेपालको तीन खेलमा एक अङ्क छ । एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । सन् २०१४ को विश्वकप विजेता श्रीलङ्का पनि यस विश्वकपबाट बाहिरिसकेको छ । रासस


ताजा खबर