मैतिदेविमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले काठमाडौं मैतिदेवीमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

May be an image of 14 people, people studying, hospital and text

काठमाडौं महानगरपालिका वडा नं. ३० को कार्यालयको अनुरोधमा अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यू भिजन नेपाल सँगको सहकार्यमा मैतिदेवी स्थित लर्ड बुद्ध कलेजको परिसरमा शिविर संचालन गरिएको हो ।

May be an image of 6 people, people studying and text

शिविरमा ३६० जना स्थानीयवासीहरुको सामान्य चिकित्सा, मुटुरोग, मधुमेह तथा ग्रन्थी रोग, मनोरोग र मुटुरोग परिक्षण गरिएको थियो ।

May be an image of 2 people and people studying

May be an image of 6 people, people studying, hospital and text

शिविरमा परिक्षण गर्दा थप उपचार गर्नुपर्ने अवस्थाका बिरामीका लागि ॐ हस्पिटलमा विशेष छुट समेत प्रदान गर्ने व्यवस्था मिलाइएको ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले जानकारी दिनुभयो  ।

ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्पिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा अस्पतालले स्वास्थ्य शिविर संचालन गर्दै आएको र आगामी दिनमा पनि स्वास्थ्यमा सहज पहुँच नभएका समुदायलाई लक्षित गर्दै कामनपासँगको सहकार्यमा निःशुल्क शिविर संचालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

May be an image of 9 people, people studying, hospital and text

May be an image of 14 people and text

शिविरमा कामनपा वडा ३० का पदाधिकारीहरु तथा स्थानीय लव्ध प्रतिष्ठित व्यक्तिहरुको उल्लेख्य सहभागिसता रहेको थियो भने न्यू भिजन नेपालका स्वयंसेवकहरुले अत्यन्त अनुशासित ढंगवाट शिविरको व्यवस्थापन गरेका थिए ।

May be an image of 6 people, hospital and text

May be an image of 8 people, people smiling and text

May be an image of 6 people, people smiling, people studying, hospital and text

न्यू भिजन नेपालका अध्यक्ष अशोक शर्मा भट्ट का.म.न.पा वडा ३० का अध्यक्ष दल वहादुर कार्की, का.म.न.पा वडा ३० का सचिव देवराज जोशी, महिला सदस्य इन्दिरा श्रेष्ठ, दलित महिला सदस्य शर्मिला श्रेष्ठ महतो सुडी, वडा सदस्य मनोज कुमार डंगोल, सदस्य मिलन कुमार खड्का क्षेत्री लगायतको उपस्थितिमा शिविरमा सहभागि चिकित्साकर्मी तथा स्वयमसेवकहरुलाई कदरपत्र प्रदान गरिएको थियो । सफल नेपाल


ताजा खबर